
सन्धिखर्क, अर्घाखाँची आगामी निर्वाचनको सरगर्मी बढेसँगै अर्घाखाँचीको राजनीतिक माहौल निकै तातिएको छ। परम्परागत शक्ति मानिएका नेकपा (एमाले) र नेपाली कांग्रेसको गढ मानिने यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आक्रामक उपस्थिति देखाएपछि पुराना दलहरूमा ढोक्सा र डाह सुरु भएको छ।
उम्मेदवारहरूको कडा प्रतिस्पर्धा
यस पटक अर्घाखाँचीमा मुख्य गरी तीनवटा धारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ:
- हरि प्रसाद भुसाल (रास्वपा): नयाँ सोच र परिवर्तनको नारासहित भुसालले युवा र तटस्थ मतदाताको मन जितिरहेका छन्। “पुरानालाई हेर्यौ पटक-पटक, अब नयाँलाई रोजौँ यस पटक” भन्ने उनको अभियानले जिल्लामा माहोल सिर्जना गरेको छ।
- पिताम्बर भुसाल (नेकपा एमाले): एमालेको बलियो सङ्गठन र विरासत जोगाउने चुनौती पिताम्बर भुसालको काँधमा छ।
- विष्णु मुस्कान (नेपाली कांग्रेस): कांग्रेसका पुराना नेता मुस्कान आफ्नो सादगी र कार्यकर्ताको भरोसामा चुनावी मैदानमा छन्।
यसका साथै अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूले पनि आ-आफ्नो क्षेत्रमा प्रभाव पार्ने प्रयास गरिरहेका छन्।
किन डराए पुराना दल?
जिल्लाका चोक, चौतारी र चिया पसलहरूमा हुने चर्चा अनुसार, रास्वपाका उम्मेदवार हरि प्रसाद भुसालप्रति जनलहर बढ्दो छ। विशेष गरी विदेशमा रहेका नेपालीका परिवार, शिक्षित युवा र पुराना दलको कार्यशैलीबाट निराश भएका मतदाताहरू रास्वपातिर आकर्षित भएका देखिन्छन्।
रास्वपाको यो ‘आक्रामक’ चुनावी प्रचार र जनताको स्वतस्फूर्त समर्थनले गर्दा पुराना दलका नेताहरूमा आफ्नो विरासत गुम्ने डर पलाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
“जित रास्वपाकै हुन्छ”
आम सर्वसाधारणका बीचमा एउटा बलियो धारणा बन्दै गएको छ— “यसपालि अर्घाखाँचीमा घण्टी बज्छ।” विकास निर्माणमा ढिलासुस्ती र भ्रष्टाचारबाट वाक्क भएका जनताले रास्वपालाई विकल्पको रूपमा हेरेका छन्। यदि यो जनलहर मतपेटिका सम्म कायमै रह्यो भने, हरि प्रसाद भुसालले संसद्को यात्रा तय गर्ने निश्चित जस्तै देखिएको छ।

Leave a Reply