काठमाडौं – देशले उनलाई थुनेर राखेको छ। व्यवस्था–सत्ता–प्रणालीले उनलाई प्रतिसोधको रूपमा कोठाभित्र बन्द गरिदिएको छ भन्ने आरोपहरू राजनीतिक वृत्तमा गुञ्जिरहेका छन्। तर त्यो साँघुरो कोठाभित्र बसेको व्यक्तिको मन भने अझै पनि देशकै घाउ सुकाउने बाटो खोज्न व्यस्त छ।
उही व्यक्ति हुन्—रवि लामिछाने।

दबाब, आरोप, आक्रोश र अन्यायका पर्खालभित्र बसेर पनि उनी राष्ट्रको भविष्य र संविधानको दिशा मा कलम चलाइरहेका छन्।
कारागारका एक कर्मचारीका शब्दमा—
“उहाँलाई थुनिएको छ, तर उहाँको विचारलाई थुन्न नसकिएको छ। उहाँको ध्यान देशमै छ।”

थुनिएको शरीरले सीमाना छन्, तर थुनिन नसकेको मनले भने कुनै सीमा मान्दैन।
रातको सन्नाटामा, कोठाको एक कुनामा बसेर उनी देश कता जाँदैछ र कता जानुपर्छ भनेर नयाँ संविधान किंवा गहिरो संशोधन को खाका कागजमा उतारिरहेका छन्।
उनका नजिकका व्यक्तिले सुनाए—
“उनी भन्छन्— देश बिग्रेको छ, सुधार चाहिएको छ। सुधार चाहिने ठाउँ संविधान नै हो।”

कसैले धेरैले विश्वास गर्छन्—
उनीमाथि लागेको मुद्दा भन्दा ठूलो देशप्रतिको चिन्ता हो।
उनीमाथि प्रणालीले प्रतिसोध साधेको छ कि भन्ने प्रश्न बाहिर चुलिएको छ, तर भित्र भने उनले कुनै कटुता पालिरहेका छैनन्।
बरु उनी भन्छन्—
“यो देश मेरा कारण होइन, म देशका कारण यहाँ छु। देश सुधारिनुपर्छ।”

उनको लेखाई हेरेका कारागारका एक अधिकृतले भने—
“प्रतिशोधले थुनेको व्यक्तिले राष्ट्रका लागि संविधान लेख्नु… यस्तो चरित्र इतिहासले कमै भेट्छ।”

आज देशका गाउँ–सहरमा, टोल–छिमेकमा एकै चर्चा छ—
“थुनिएर बसेको एउटा मानिस देशको लागि संविधान लेखिरहेको छ, अनि स्वतन्त्र भएर हिँडिरहेका नेताहरू देश बर्बाद भइरहँदा किन चुप छन्?”

जेलको कोठाबाट निस्किरहेको उनको कलमको आवाज अहिले हजारौँको मन छोइरहेको छ।
देश निराशाको अँध्यारोबाट गुज्रँदै गर्दा, एउटा थुनिएको व्यक्तिको हातबाट जन्मेका संविधानका शब्दहरू सम्भवत: नयाँ आशाको झिल्को बन्न सक्छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *